९० साल यताकै शक्तिशाली भुकम्प, ७ को मृत्युको पुष्टि, १५६ घर पूर्ण रुपमा क्षति ।।।।।।।।।।

आइतबार साँझ गएको शक्तिशाली भुकम्पबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ३ र धरान दुई गरी पाँच जनाको मृत्यु भएको हो। २७ जना घाइते भएको गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख शंकर कोइरालाले बताएका छन्।
आइतबार साँझ ६ बजेर ५ मिनेट जाँदा गएको ६.८ रेक्टस्केलको भुकम्पलाई सम्बन्धित विज्ञहरुले ९० साल यताकै ठूलो भनेका छन्।
राजधानीको लैनचौरस्थित वेलायती दूतावासको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोर्खा का ३६ वर्षीय साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिषा तथा सिन्धुलीका वीरबहादुर माली छन्। दूतावासको पर्खला भत्कँदा पुरिएर एउटा कार र एउटा मोटरसाइकललाई पनि क्षति पुगेको थियो।
भुकम्पले धरानमा दुई जनाको मृत्यु भएको छ। कोइरालाका भूकम्पले घरको छत भत्किएर धरान-१३ फुस्रेस्थित नेपाली सेनाको क्याम्प गेट अगाडि बस्ने २२ वर्षीय सन्तोष परियार र ५ वर्षे बालक विमल परियारको मृत्यु भएको हो। दुवै मृतक धरानस्थित सैनिक महाविद्यालयका सुचिकार कमल परियारका छोरा र भाई हुन्।
भुकम्पपछि महानगरिया प्रहरीका प्रबक्ता एसएसपी माधव नेपालले दिएको जानकारी अनुसार राजधानीमा २४ जना घाइते भएका छन्। केन्द्रीय कारागार सुन्धारामामा कैदीहरु भागभाग हुँदा दुई जना घाइते भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भुकम्पबाट भएको क्षतिको विवरण तत्काल संकलन गर्न र उद्दारमा सहभागी हुन सबै सरकारी निकाय तथा सामाजिक संघ संस्थालाई आग्रह गरेका छन्।
मुलुकभर आइतबार साँझ झण्डै डेढ मिनेट भुकम्पको धक्का अनुभव गरिएको थियो। छ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प भारतको सिक्किमसँग सिमाना जोडिएको उपल्लो ताप्लेजुङ केन्द्र रहेको अमेरिकन भूगर्व केन्द्रले जनाएको छ।
'केन्द्रमा रेकर्ड भएको भुकम्प १९९० साल यताकै सबैभन्दा ठुलो हो' भुकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले नागरिकन्युजसँग भने- 'सहरी क्षेत्रमा केन्द्रवीन्दु नभएकाले धेरै क्षति हुन पाएन।'
केन्द्रको रेकर्ड अनुसार सुरु धक्का लगत्तै तीनपटक सम्म एकै ठाउँमा धक्का दिएको थियो। पहिलो पटक भुकम्प गएको ३१ मिनेटपछि पछि ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो भने तेस्रो पटक पनि त्यही ठाउँलाई केन्द्रविन्दु बनाएर १ घण्टा १४ मिनेटपछि ४ दशमलव ६ रेक्टरस्केलको भुकम्प गएको थियो।

भूकम्पबाट पूर्वमा सबैभन्दा बढी क्षति भएको छ। धरानमा दुई जनाको मृत्यु भएको छ भने पूर्वका अधिकांश जिल्लामा सरकारी तथा निजी घर भत्किएका छन्। केही घाइते छन्।
 

 धरान नगरपालिका-१३ स्थित फुस्रेमा घरको पर्खाल भत्किँदा दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ओखलढुंगा कटुन्जेका २० वर्षीय सन्तोष परियार र उनका भतिजा ७ वर्षीय विमल परियार छन्। यी दुईको घटनास्थलमै मृत्यु भएको थियो।

उनीहरू काठ र इँटाले बनेको पुराको घरमा भाडामा बसेका थिए। घरबेटी बस्दै आएको अर्को घरको पर्खाल भत्किएपछि त्यसले थिचेर दुवैको मृत्यु भएको हो। विमलका बाबु नेपाली सेनाको कालीबक्स गणमा सुचीकार हुन्। बालकका बाबुआमा घटनाको खबर सुनेपछि राती अबेरसम्म गणभित्रै बेहोस भएका थिए। उनीहरूको गणभित्रै उपचार भइरहेको प्रहरीले जनाएको छ। सन्तोष ड्राइभिङ तालिम लिन धरान आएका थिए।

सुनसरी  भुकम्पपछि घरबाट बाहिर निस्कन खोज्दा धरान-१ का प्रेम प्रधान घाइते छन्। इनरुवा-२ का २८ वर्षीय श्री मण्डल, सोही ठाउँका एैलिया पोद्दार, २५ वर्षीय ज्योति मेहता र पश्चिम कुसाहा घर भई इनरुवा बोर्डिङ स्कुलमा अध्ययनरत १५ वर्षीय अजयकुमार साह पनि घाइते छन्।
भुकम्पको त्रासले घरबाट हाम फाल्ने क्रममा सप्तरी फत्तेपुर घर भई इटहरी-१ मा डेरा गरी बस्दै आएका बाबुराम खड्का घाइते छन्। भुकम्पले इटहरीको गोरखा डिपार्टमेन्टमा सामान्य क्षति पुगेको छ। मोरङ प्रहरीको भवन सामान्य चर्किएको छ।

धनकुटा  जिल्लामा ४ जना घाइते छन्। भुकम्प आएपछि तनावले धनकुटाको तमोर भ्याली विद्यालयमा अध्ययनरत गर्ने निङ्वा शेर्र्पा बेहोस भएकी थिइन्। संखुवासभा पाथीभरा गाविस घर भई धनकुटाको तल्लो गोकुन्डेश्वरमा अध्ययनरत विपुल राई र सुजन राई घाइते छन्। उनीहरू छतबाट हाम फाल्दा घाइते भएको प्रहरीले जनाएको छ। धनकुटाको पौडेल होटलमा बास बसेका पाँचथर चुवाङका व्यापारी धनमान तामाङ घाइते छन्। उनी भर्‍याङबाट ओर्लने क्रममा लडेका थिए। संखुवभासभा प्रहरी कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय लगायत १६ घरमा क्षति पुगेको छ।

प्रहरीको ब्यारेक भत्किँदा प्रहरी जवान गंगाराम राई घाइते भएको संखुवासभा प्रहरीले बताएको छ। भुकम्पका कारण तेह्रथुम र धनकुटाका दर्जनौं घर चर्किएका छन्।
ताप्लेजुङ संवाददाता खगेन्द्र अधिकारीका अनुसार खेजेनिम गाविसकी २२ वर्षीया कृष्णा लिम्बु र २२ वर्षीय पूर्णकुमार तामाङ घाइते छन्। कृष्णा आफ्नो बच्चा बचाउने क्रममा हिँड्दै गर्दा लडेर घाइते भएकी हुन्। पूर्णकुमार घरका सामग्री खसेर घाइते भएका हुन्।

ताप्लेजुङ कारागारको उत्तर-पश्चिम भागको १५ फिट लामो पर्खाल भत्किएको छ। कैदी सुरक्षित छन्। ताप्लेजुङमा ६ घरमा क्षति पुगेको भने सबै सदरमुकामका अधिकांश घर चर्किएका छन्। भोजपुरमा दश घर भत्किएका छन्।

काभ्र  ग्रामीण क्षेत्रमा केही घर भत्केका छन्। प्रहरीका अनुसार महेन्द्रज्योति गाविस- ४ का रेशमबहादुर थापाको दुईतले कच्ची घर पूरै भत्किएको छ। गैरीविसौना देउपुर- ५ का राधाकृष्ण डोटेलको ढुंगाले बनेको दुई तल्ले र जैसीथोक गाविस- ९ का भेषबहादुर खड्काको दुईतले कच्ची घर भत्केको छ।

कुशादेवी गाविस- ३ का सत्यराम थापाको तीनतल्ले घरमा क्षति पुगेको छ। बनेपासँगै जोडिएको देवीटार गाविस- ४, शशीपानीका नेत्रप्रसाद दाहालको दुईतले घर भत्केर पूर्ण क्षति भएको छ।

झापा  भुकम्पको डरले पा"च जना बेहोस भएका छन् भने केही घर भत्किएका र चर्किएका छन्। झापाभरि विद्युत अवरुद्ध छ। झापा र इलामसीमाको गजुरमुखीमा धेरै घर भत्किएको जानकारी छ।

 
 भूकम्पले हल्लियो देश
भूकम्पबाट थप दुईको मृत्यु, हालसम्म ७ को मृत्यु पुष्टि
अब आत्तिनु पर्दैन : विज्ञ
भर छैन ठूला भवनको
'धरहराको अवस्था हेर्न आएको'भूकम्प आउँदै गर्दा सभामुख भन्दै थिए- 'माननीय सदस्यहरू, बसौं-बसौं'

 रामेछापको डढुवा गाविस- ५ का मकर लामाको घर भत्किएको छ। तनहु", गोरखा र लमजुङका घर चर्किएका छन्। इलामको मानेभन्ज्याङ प्रहरी चौकी भत्किएको छ।
लम्जुङको बाहुनडा"डामा एउटा घर, स्याङ्जाको दारसिङ र कालिकाकोटमा एक/एक घर, कास्कीको पुरनचौरमा एउटा घर भत्किएको छ। पश्चिमाञ्चलमा भूकम्पपछि ठूलो बर्षा भएको थियो।
त्रियुगा नगरपालिका ८ बगाहामा सीता परियारको र मध्यवर्ती गाविस चिलाउने ४ का रामबहादुर तामाङको घर भत्किएको छ। खोटाङका विभिन्न गाविसमा तीन घर भत्किनुका साथै एउटा चर्किएको सशस्त्र प्रहरी गुल्म दिक्तेलले जनाएको छ। लफ्याङमा प्रहरी हवल्दार धु्रव कार्कीको घरको छानो खसेको प्रहरीले जनाएको छ। दिक्तेलका आधा दर्जन घर चर्किएका छन्।
ओखलढुंगामा जिल्ला प्रहरीले प्रयोग गर्दै आएको पशुसेवा कार्यालयको भवनमा सामान्य क्षति छ। सदरमुकाम ओखलढुंगामा भीमसेनदास श्रेष्ठको घर भत्किएको छ।
 काब्रे गाविस- ८ मा उद्धव भट्टराई, नाम्दु गाविसमा कान्छी विक र ओराङ गाविस १ मा अम्बरबहादुर ठकुरीको घर भत्किएको छ। जिरी गाविस वडा नम्बर मा ४ घर, घ्याङसुकोठोकर गाविस- ३ बाँसबोटेमा ३ घर र नाम्दु पातलेको एक घर चर्किएका छन्।

भुइँचालोले सोलुखुम्बु लुक्लास्थित पासाङल्हामु निखिल अस्पतालमा क्षति पुगेको छ। भुकम्पको क्षतिले अस्पतालका बिरामी राख्ने तीन कोठाका पर्खाल भत्किएका छन्। अस्पतालका डाक्टरको क्वार्टर समेत भत्केका छन्। लुक्ला बजारमा घर भत्किँदा एक घाइते छन्। नाम्चेमा एउटा घर भत्किएको छ। किंजा गाविसको स्वास्थ्य चौकीमा क्षति पुगेको छ।
ओलाङचुङगोलाको गुम्बामा क्षति नेपालकै सबैभन्दा पुरानो ताप्लेजुङको ओलाङचुङगोला गाविसको बिकिछोलिङ गुम्बामा क्षति पुगेको छ। सामुदायिक भवनमा पनि क्षति भएको छ।
भूकम्पपछि ठूला पहिरो भूकम्पपछि ताप्लेजुङ-फिदिम सडकखण्ड अर्न्तगत ल्याङबा भन्ने स्थानमा ठूलो पहिरो गएर बाटो अवरुद्ध छ। धनकुटाको भेडेटार-३ मा पनि ठूलो पहिरो गएपछि कोशी राजमार्ग अवरुद्ध छ। भेडेटारको भोजपुरे घुम्तीमा पहिरोले सडक अवरुद्ध भएको हो। ताप्लेजुङ सावा" गाविसमा भिरमा आगो लागेको स्थानीयले बताए।
पूर्वमा विद्युत र टेलिफोन अवरुद्ध प्रहरीको सञ्चार पनि अवरुद्ध विराटनगर भुकम्पपछि विद्युत र टेलिफोन राति अबेरसम्म पूर्ण अवरुद्ध थियो। पूर्वाञ्चलको प्रहरी सञ्चार सेवा पनि राति अबेरसम्म अवरुद्ध छ।

भुकम्पको धक्का मध्य तराईमा पनि महसुस गरियो। वीरगन्ज घन्टाघरमा भागाभाग भएको थियो। वीरगन्ज नेसनल मेडिकल कलेज, नारायणी उपक्षेत्रीय अस्पतालमा केहीबेर कोलाहल भयो। बिरामीका कुरुवा ज्यान बचाउन भागेको देख्दा बेडमा रहेका विरामी डराएको अस्पताल स्रोतले जनायो।

 

 

MISS UNIVERSE 2011

 

(CHECK NEWS MENU FOR MORE INFORMATION AND PHOTOS......................)

MUSTANG CAR {PRIDE OF BIRATNAGAR} 

 

(Check menu session for more news and photos...........)

Welcome to "hamro-brt"

Welcome to all the visitors in this website"hamro-brt". This website is made for the development of nepal and specially biratnagar.Please keep on visiting this site and help biratnagar to recognize all over the world. And please send your feedback to us.........Thank you!!!

FINANCE MINISTER's STYLE

                     

                                                                                                                                                                    

News

नेपाली क्रिकेट टीमको नया प्रशिक्षक पुबुदु दासानायाके....

27/09/2011 13:39
नेपाली क्रिकेट टीमको नया प्रशिक्षक पुबुदु दासानायाके.. श्रीलंका र क्यानाडाका पूर्व क्रिकेटर पुबुदु दासानायाके नेपालको प्रशिक्षक बन्न यही हप्ता काठमाडौं आउँदै छन्। क्यानाडालाई २०११ को विश्वकपमा छनोट गराएका ४१ वर्षे दासानायाकेलाई नेपाली क्रिकेटलाई अफ उचाईंमा पुर्‍याउने उद्देश्य बनाई नेपाल क्रिकेट...

लेइला मिस युनिभर्स

14/09/2011 12:05
     लेइला मिस युनिभर्स   भाद्र २८ - यस वर्षको मिस युनिभर्सको ताज अंगोलाकी लेइला लोपेसले पहिरेकी छन् । ब्राजिलको साओ पाओलोमा मंगलबार सम्पन्न मिस युनिभर्स-२०११ मा पहिलोपटक मिस अंगोलाले ताज पहिरेकी हुन् । ८८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै २५ वर्षीया लोपेस उत्कृष्ट...

मिस नेपाल हङकङ

07/09/2011 23:50
लाक्पा डोमा शेर्पा -काठमाडौ, २१ वर्ष, ५ फिट ५ इन्च, तौल ४४ किलोग्राम) काठमाडौं, बौद्धकी लाक्पाले प्रतियोगितामा पहिलो ट्याग नम्बर पाएकी छन्। २१ वषर्ीया लाक्पा करिब एक वर्षअघि मात्र हङकङ भित्रिएकी हुन्। स्नातकसम्म अध्ययन गरेकी शेर्पाको मोडल बन्ने रहर पुरानै हो, तर अवसर भने अलि पछि नै जुर्‍यो,...

मलिना बनिन् मिस नेपाल

05/09/2011 06:48
मलिना बनिन् मिस नेपाल     एमबीए विद्यार्थी मलिना जोशी १८ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल विजयी भएकी छन्। नेपाली सेनाको आर्मी अफिर्स क्लबमा आयोजित समारोहमा मंगलबार पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले मिस नेपालको ताज मलिनाको शिरमा पहिराइ दिइन्। २३ वर्षीया नयाँ मिस...

PM Bhattarai prefers Mustang over luxury car........

04/09/2011 16:33
Departing from the tradition of choosing luxurious vehicles, newly appointed Prime Minister Baburam Bhattarai has opted to ride a made-in Nepal vehicle. He can now be seen riding a ‘Mustang’ jeep. The provision was made after Bhattarai asked for a ‘Mustang’ vehicle after his prime ministerial...

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित.......

03/09/2011 06:50
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित हुने वित्तिकै शान्ति, संविधान र जनतालाई राहत नै आफनो नेतृत्व सरकारको प्राथमिकता भएको बताएका छन्। यसअघि लगातार रुपमा तीनवटा वहुमतीय सरकारले टुंगो लगाउन नसकेको शान्ति प्रक्रिया र संविधान निर्माणलाई पार लगाउनु नै भट्टराईको...

Website launched

01/09/2011 06:49
Our new website has been launched today. DEAR,USER.... OUR NEW WEBSITE "HAMRO-BRT" HAS BEEN LUNCHED TODAY!!!!!! PLZ ENJOY OUR SITE AND GIVE FEEDBACK TO US......  

Poll

Do you like our website?

yes (4)
100%

no (0)
0%

umm....we will decide in future (0)
0%

Total votes: 4